कागेश्वरी मनोहरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कागेश्वरी मनोहरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं — काठमाडौंको कागेश्वरी मनोहरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ। शनिबार दिउँसो कागेश्वरी मनोहरा नगरपालिका–९ राडरस्थित सडकमा बा प्र–०३–००१ ख १२४७ नम्बरको ट्रकले बा ६० प १७९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गोरखा घर भएका ३४ वर्षीय सुरज खड्का गम्भीर घाइते भएका थिए।

घाइते खड्कालाई उपचारका लागि बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रक चालकलाई नियन्त्रणमा लिइएको र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।