बन्दीप्रत्यक्षीकरण रिटमा रवीन्द्र मिश्र सर्वोच्चमा, परिसरभित्रमात्रै खोलियो हतकडी

बन्दीप्रत्यक्षीकरण रिटमा रवीन्द्र मिश्र सर्वोच्चमा, परिसरभित्रमात्रै खोलियो हतकडी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई बिहीबार प्रहरीको निगरानीमा सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । उनलाई बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका लागि सर्वोच्चको आदेशअनुसार पेश गरिएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपीलराज बोहराले सर्वोच्चको आदेशका आधारमा मिश्रलाई अदालतमा उपस्थित गराइएको जानकारी दिए। म्याद थपको प्रक्रियाका क्रममा सधैँझैं यसपटक पनि उनलाई हतकडी लगाएर लैजाने क्रम जारी रह्यो।

महान्यायाधिवक्ताको कार्यालयसम्म हतकडी लगाएर पुर्‍याइएको मिश्रलाई सर्वोच्च अदालत परिसरभित्र प्रवेश गराउनुअघि मात्र हतकडी खोलेर पेश गरिएको हो।

बुधबार (जेठ ३१) सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमाथि कारण देखाऊ आदेश जारी गर्दै मिश्रलाई शारीरिक रूपमा अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो।