दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौंः प्रवक्ता गुरुङ

दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौंः प्रवक्ता गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर अब दुई–चार दिनमै नियुक्त हुने बताएका छन् ।

बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा बोल्दै मन्त्री गुरुङले गभर्नर नियुक्ति प्रक्रिया अब बिलम्ब नहुने दाबी गरे। “अब तलमाथि नभइकन दुई–चार दिनमै हामीले नयाँ गभर्नर पाउँछौँ,” उनले भने।

गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिबारे जानकारी दिँदै गुरुङले अघिल्लो समितिमा रहेका सदस्यहरू एकपछि अर्काे गरी बाहिरिएपछि समिति पुनःगठन गरिएको बताए।

पहिले डा. विश्व पौडेल र डा. विजयनाथ भट्टराई सदस्य रहेको समितिमा भट्टराईको राजीनामा आएपछि पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई सदस्य बनाइएको थियो। तर, पछि डा. विश्व पौडेलले पनि राजीनामा दिनुपर्ने अवस्था आएपछि सरकारले महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य रहेको नयाँ सिफारिस समिति गठन गरेको हो।

मन्त्री गुरुङले भने, “गभर्नर नियुक्तिको काम चाँडो सम्पन्न गर्न हामीले पुनः समिति पुनर्गठन गरेका छौँ।”