लगातार पाँचौं दिन नेप्से घट्यो, होटल तथा पर्यटन क्षेत्रले मात्र देखायो उत्साह

लगातार पाँचौं दिन नेप्से घट्यो, होटल तथा पर्यटन क्षेत्रले मात्र देखायो उत्साह

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार ओरालो लाग्दै नेप्से परिसूचक ८.४१ अंकले घटेर २६११ अंकमा झरेको छ। यो लगातार पाँचौं दिन बजारमा गिरावट आएको हो।

आज ८२ कम्पनीको मूल्य बढेको भए पनि १६४ कम्पनीको घट्यो भने १ कम्पनीको मूल्य स्थिर रह्यो। अघिल्लो दिन ८ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार घटेर ७ अर्ब ८ करोडमा सीमित भयो।

बजारमा गिरावट रहे पनि होटल तथा पर्यटन क्षेत्रले भने ४.९१ प्रतिशतको उत्साहजनक वृद्धि देखायो। यस क्षेत्रका कम्पनीहरूले तेस्रो त्रैमासिकमा सार्वजनिक गरेको वित्तीय विवरण सन्तोषजनक देखिएको छ। साथै, व्यापार क्षेत्र पनि ०.७० प्रतिशतले उकालो लाग्यो।

तर, विकास बैंक सबैभन्दा धेरै २.१२ प्रतिशतले घट्यो। अन्य घट्ने क्षेत्रहरूमा बैंकिङ ०.३०, फाइनान्स ०.७९, हाइड्रोपावर ०.६५, लगानी ०.०४, जीवन बीमा ०.४१, उत्पादन ०.४५, माइक्रोफाइनान्स ०.०६, निर्जीवन बीमा ०.४० र अन्य १.१४ प्रतिशतले घटेका छन्।

उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीहरूमा ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशतले बढ्दा, उपकार लघुवित्त ९.६२, बाराही हाइड्रोपावर ८.९४, सोल्टी होटल ८.०५ र नेपाल माइक्रोइन्स्योरेन्स ५.२४ प्रतिशतले उकालो लागेका छन्।

अर्कोतर्फ, सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीहरूमा कर्पोरेट डेभलपमेन्ट बैंक ८.६५, जोशी हाइड्रोपावर ७.०६, ग्रिन डेभलपमेन्ट बैंक ५.९८ र सिन्धु विकास बैंक ५.६९ प्रतिशतले ओरालो लागे।

आजको प्रमुख कारोबार भएका कम्पनीहरूमा सोल्टी होटल, राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुपसानिमा माइ हाइड्रोपावर रहेका छन्।