भ्रष्टाचार मुद्दापछि सांसद मोहनबहादुर बस्नेत निलम्बनमा

भ्रष्टाचार मुद्दापछि सांसद मोहनबहादुर बस्नेत निलम्बनमा

काठमाडौं ।सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध टेरामक्स प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका हुन्।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार कुनै व्यक्तिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएमा सो व्यक्तिको सार्वजनिक पद स्वतः निलम्बनमा पर्ने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार बस्नेतको सांसद पद निलम्बनमा परेको हो।