बिनियोजन विधेयकमाथि आज पनि प्रतिनिधिसभामा छलफल हुँदै

बिनियोजन विधेयकमाथि आज पनि प्रतिनिधिसभामा छलफल हुँदै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बिनियोजन विधेयकमाथि प्रतिनिधिसभामा आज छलफल जारी रहनेछ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजेबाट सुरु हुने बैठकमा कर प्रस्तावबाहेक बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरूबारे व्यापक छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।