राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन पेश

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को ६२औं वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ।

बुधबार राष्ट्रपति कार्यालय शीतलनिवासमा महालेखापरीक्षक तोयम रायाले संविधानको धारा २९४ को उपधारा (१) बमोजिम राष्ट्रपतिसमक्ष उक्त प्रतिवेदन पेश गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार संविधानअनुसार प्रत्येक आर्थिक वर्षको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार यो कार्य भएको हो।