कांग्रेस सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दायर

कांग्रेस सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार मुद्दा दायर गरेको सहमहान्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए।

राईलाई वैशाख १३ गते राति काठमाडौँको कपनस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो। उनी स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीसम्बन्धी मुद्दामा लामो समयदेखि फरार थिइन्।

सत्ताको आडमा उनलाई पक्राउ नगरिएको भन्ने आरोप हुँदै आएको थियो। भोजपुर स्थायी घर भएकी राई नेपाली कांग्रेसबाट समानुपातिक प्रतिनिधिसभा सांसद हुन्।