कतारले ट्रम्पलाई दिने भनिएको बोइङ ७४७–८ उपहारमाथि अमेरिकी संविधानको प्रश्न

कतारले ट्रम्पलाई दिने भनिएको बोइङ ७४७–८ उपहारमाथि अमेरिकी संविधानको प्रश्न

दोहा : कतार सरकारले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बोइङ ७४७–८ जम्बो जेट उपहारस्वरूप दिन लागेको प्रस्तावले अमेरिका भित्रै संविधानिक विवाद निम्त्याएको छ। करिब ४०० मिलियन डलर (५५ अर्ब रुपैयाँ) मूल्यको यो लक्जरी विमान अमेरिकी इतिहासमै विदेशी सरकारबाट प्रस्तावित सबैभन्दा महँगो उपहार हो।

विमानलाई ट्रम्पको कार्यकालमा अस्थायी रूपमा एयर फोर्स वन (राष्ट्रपतिको विमान) को रूपमा प्रयोग गरिने योजना छ, त्यसपछि ट्रम्पको राष्ट्रपति संग्रालयमा राखिनेछ। तर यस प्रस्तावले अमेरिकी संविधानको विदेशी ‘इमोलुमेन्ट क्लज’ को उल्लङ्घन गर्न सक्ने भन्दै विवाद चर्किएको छ। आलोचकहरूका अनुसार सार्वजनिक पदको प्रयोगमार्फत निजी लाभ लिनु असंवैधानिक ठहरिन सक्छ।

विमानको स्वामित्व कतार सरकारसँग रहेको छ र उक्त विमान अमेरिकी रक्षा विभागलाई चन्दास्वरूप दिने सम्भावना छ। तर कतारका रक्षा मन्त्रालय र अमेरिकी रक्षा विभागबीच यसबारे अझै छलफल जारी रहेको कतारी प्रवक्ता अली अल–अन्सारीले जानकारी दिएका छन्। उनका अनुसार, “एयर फोर्स वनको रूपमा अस्थायी प्रयोगको सम्भावनाबारे विचार भइरहेको छ, तर कुनै अन्तिम निर्णय भइसकेको छैन।”

उक्त विमान २०२४ मा ट्रम्पले फ्लोरिडास्थित पाम बीच विमानस्थलमा अवलोकन गरेका बोइङ ७४७–८ मोडेलसँग मिल्दोजुल्दो छ। त्यस समय ह्वाइट हाउसका अधिकारीहरूले उक्त भ्रमणलाई ट्रम्पलाई नयाँ पुस्ताको एयर फोर्स वनको डिजाइनबारे जानकारी गराउने उद्देश्यका रूपमा व्याख्या गरेका थिए।

हाल यो प्रस्तावले अमेरिका भित्रै सत्ता, कूटनीति र संविधानबीचको सन्तुलनमा नयाँ बहस जन्माएको छ।