संसदका दुबै सदन बस्दै, आजबाट विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल सुरू

संसदका दुबै सदन बस्दै, आजबाट विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल सुरू

काठमाडौं। संघीय संसदका दुबै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभा—को बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे तथा राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा सुरू हुने कार्यक्रम छ।

आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल सुरू हुनेछ। छलफल कर प्रस्तावबाहेकका सिद्धान्त र प्राथमिकतासम्बन्धी विषयमा केन्द्रित रहनेछ।