छत्तीसगढमा ट्रेलर गाडी दुर्घटना: १३ जनाको मृत्यु, दर्जनभन्दा बढी गम्भीर घाइते

छत्तीसगढमा ट्रेलर गाडी दुर्घटना: १३ जनाको मृत्यु, दर्जनभन्दा बढी गम्भीर घाइते

काठमाडौं। भारतको छत्तीसगढ राज्यस्थित रायपुर नजिकैको बंगोली क्षेत्रमा भएको भीषण सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। आइतबार राति रायपुरबाट करिब ३० किलोमिटर टाढा उक्त दुर्घटना भएको हो।

बीबीसी हिन्दीका अनुसार एक ठूलो ट्रेलर गाडीले ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन्, जसको रायपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ।

गम्भीर घाइतेको संख्या धेरै भएकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको अनुमान छ। प्रहरीका अनुसार दुर्घटनाग्रस्त समूह एक पारिवारिक कार्यक्रममा सहभागी भएर फर्किरहेका थिए।

दुर्घटनापछि रायपुर–खरौरा सडक खण्ड लामो समयसम्म अवरुद्ध भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।