

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को सिजन अस्थायी रूपमा रोकिएको छ।
पाकिस्तानसँगको बढ्दो द्वन्द्व र सुरक्षालाई मध्यनजर गर्दै भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो।
यसअघि बिहीबार धर्मशालामा पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीचको खेल आधा समयमा नै रोकिएको थियो। त्यसपछि खेलाडी, स्टाफ र अफिसियलहरूलाई सुरक्षित स्थानमा सारिएको बीसीसीआई स्रोतले जनाएको छ।