

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य भने सामान्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९२ हजार ९५५ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर १ लाख ९० हजार ८०० रुपैयाँमा झरेको हो।
त्यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ। बिहीबार तोलाको १ हजार ९५५ रुपैयाँमा रहेको चाँदी शुक्रबार बढेर १ हजार ९६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।