अदालतको आदेश अटेर गर्दै एन्फाले गणेश थापालाई साधारणसभाबाट रोक्यो

अदालतको आदेश अटेर गर्दै एन्फाले गणेश थापालाई साधारणसभाबाट रोक्यो

काठमाडौँ । नेपाल फुटबल संघ (एन्फा)ले उच्च अदालत पाटनको अन्तरिम आदेश बेवास्ता गर्दै पूर्व अध्यक्ष गणेश थापा र उनका छोरा गौरव थापालाई साधारणसभामा प्रवेश गर्न रोक लगाएको छ।

आज काभ्रेको धुलिखेलमा आयोजना गरिएको साधारणसभामा भाग लिन अदालतको आदेशसहित पुगेका थापालाई गेटमै रोकिएको हो। थापाका अनुसार सुरक्षाकर्मी र स्वयम्सेवकहरूले प्रवेश पास नभएको भन्दै उनीहरूलाई सभा स्थलमा छिर्न नदिएका हुन्।

गणेश थापा आरसी ३२ क्लबबाट र गौरव थापा काठमाडौं जिल्ला फुटबल संघबाट प्रतिनिधिका रूपमा साधारणसभामा सहभागी हुन पुगेका थिए। दुवैलाई उच्च अदालत पाटनले अन्तरिम आदेशमार्फत सहभागिता दिन निर्देशन दिएको थियो। तर, एन्फाले प्रवेश पास नै नदिएर उनीहरूलाई साधारणसभाबाट बाहिरै राखेको हो।