प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनुवाइ आज

प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनुवाइ आज

काठमाडौं, २५ भदाै । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको सुनुवाइ अाज गर्दैछ । मिश्रविरुद्ध चारवटा उजुरी परेको भए पनि एउटा उजुरी फिर्ता भइसकेको छ भने बाँकी तीनवटा उजुरी छन् । उजुरीकर्तासँग समितिले हिजाेनै सुनुवाइ गरिसकेको छ ।

समितिले प्रस्तावित प्रधानन्यायाधीश मिश्रलाई अहिले बिहान ९ बजे बोलाएको छ । उनीविरुद्ध परेको उजुरीमा सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको मुद्दामा नातेदारको पक्षमा फैसला गरिएको आरोप छ ।

त्यसैगरी अर्को फौजदारी मुद्दामा चारजनालाई सफाइ दिएको आरोप छ । प्रश्नपत्र बिक्रीको आरोप लागेका व्यक्तिकै पक्षमा फैसला गरेको अर्को आरोप रहेको छ । संसदीय सुनुवाइ समितिमा मिश्रले यि विषयमा स्पष्ट पार्नुपर्ने हुन्छ ।