

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रहरीले सातौं पटक म्याद थपका लागि अदालतमा पेस गरेको छ। तीनकुनेस्थित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा १५ चैतमा पक्राउ परेका मिश्रलाई हतकडीसहित पुनः अदालत उपस्थित गराइएको हो।
मिश्रमाथि राजद्रोह र संगठित अपराधको आरोप लागेको छ। सोही घटनामा जनकमाण्डर भनिएका प्रसाईंमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहसमेतका गम्भीर अभियोग लगाइएको छ। प्रसाईंलाई प्रहरीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो भने मिश्रलाई घटनाको केही दिनपछि पक्राउ गरिएको थियो।
घटनासँग सम्बन्धित अर्का अभियुक्त सांसद धवलशमशेर राणा भने स्वास्थ्यका कारण देखाउँदै दुई साता अघि रिहा भएका थिए। रिहापछि राणा राप्रपाको कार्यक्रममा समेत देखिएका थिए।
यता, मिश्र अझै प्रहरी हिरासतमै छन् र मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाउन प्रहरी पक्षबाट म्याद थपको माग गरिएको छ।