रेड २: यो बर्ष सबैभन्दा धेरै कमाउने चौथो बलिउड फिल्म

रेड २: यो बर्ष सबैभन्दा धेरै कमाउने चौथो बलिउड फिल्म

मुम्बई । अजय देवगन र रितेश देशमुखको अभिनयमा बनेको फिल्म ‘रेड २’ ले प्रदर्शनको सातौँ दिनमै बक्स अफिसमा १०८.६५ करोड रुपैयाँको कलेक्सन गर्दै तहल्का मच्चाएको छ।

मे १ मा रिलिज भएको फिल्मले पहिलो दिन नै रेट्रो, हिट ३ र बलिउड फिल्म भूतनी सँग प्रतिस्पर्धा गर्दै बलियो सुरुवात गरेको थियो। रिलिजको ६ दिनमै फिल्मले आफ्नो बजेटभन्दा कैयौं गुणा बढी आम्दानी गर्दै सबै प्रतिस्पर्धी फिल्मलाई पछि पारेको छ।

रेड २ ले भारतमा मात्र नभई अन्तर्राष्ट्रिय बक्स अफिसमा पनि उत्साहजनक प्रदर्शन गरिरहेको छ। सैकनिल्कको रिपोर्ट अनुसार, मंगलबार मात्र फिल्मले ६.७५ करोड कमाएको थियो भने यसको भारतभित्रको कुल नेट कलेक्सन ८५.५० करोड पुगेको छ। यससँगै यसले केशरी २ (८१.७९ करोड) को रेकर्ड तोड्दै जाट (८७.६१ करोड) लाई समेत उछिनेको छ।

बुधबारसम्म आइपुग्दा रेड २ वर्ष २०२५ को चौथो सर्वाधिक कमाउने फिल्म बनेको छ। अब यसको अर्को प्रतिस्पर्धा सिकिन्दर र स्काई फोर्स सँग हुनेछ।