

मकवानपुर । राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा यात्रु सवारीसाधन दुर्घटना हुँदा ९ जना घाइते भएका छन्, जसमा ६ जनाको अवस्था गम्भीर छ।
खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको सवारीसाधन आज बिहान दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार, दुर्घटनामा १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान, उहाँकी पत्नी ७० वर्षीया फूलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का गम्भीर घाइते भएका छन्।
त्यसैगरी, ५० वर्षीय सूर्य अधिकारी, १४ वर्षीय कुमार तामाङ र २८ वर्षीय सुजन तामाङ सामान्य घाइते भएका छन्।
दुर्घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी चौकी कान्द्राङबाट प्रहरी सहायक निरीक्षक भरतकुमार खड्काको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको थियो। उनीहरूको अहिले मनहरी अस्पतालमा उपचार भइरहेको छ।