

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श गरेका छन्। संसदमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सोमबार उनले प्रचण्डसँग भेटवार्ता गरेका हुन्।
भेटमा अर्थमन्त्री पौडेलले नीति तथा कार्यक्रमको सन्दर्भमा बजेटको सीमा र प्राथमिकताबारे सामान्य कुराकानी भएको बताए। उनका अनुसार बजेट निर्माण प्रक्रियामा विपक्षी दलका नेताको राय र सुझाव लिनु आवश्यक रहेको भन्दै उक्त भेट भएको हो।