देशभर आंशिकदेखि मध्यम वर्षाको सम्भावना, पहाडी क्षेत्रमा हिमपातको पनि पूर्वानुमान

देशभर आंशिकदेखि मध्यम वर्षाको सम्भावना, पहाडी क्षेत्रमा हिमपातको पनि पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ भने बङ्गालको खाडी र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावसमेत देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। विशेषगरी पहाडी क्षेत्रका केही स्थानहरूमा र बाँकी भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, हिमाली भू–भागका केही स्थानहरूमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी स्थानहरूमा मौसम सामान्य सफा रहनेछ। यिनै प्रदेशका केही स्थान र अन्य प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।