

काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित संसदीय उपसमितिको म्याद थप गरिएको छ। सिंहदरबारमा सोमबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले उपसमिति संयोजक छबिलाल विश्वकर्माको प्रस्तावअनुसार म्याद १० दिन थप गर्ने निर्णय गरेको हो।
बैठकमा संयोजक विश्वकर्माले विधेयकका १५ परिच्छेद अन्तर्गतका १६३ दफामाथि दफावार छलफल सकिएको जानकारी दिए। यद्यपि, प्रतिवेदन लेखन र त्यसको मस्यौदा तयार गर्न बाँकी रहेकाले म्याद थपको आवश्यकता रहेको उनले बताएका थिए।
समितिले चैत्र १८ गतेदेखि कार्य प्रारम्भ गरी वैशाख २१ गतेसम्म ३९ वटा बैठक गरेको जनाएको छ। नयाँ म्यादको अवधि भित्र विधेयकको मस्यौदा तयार गरि प्रतिवेदन बुझाउने तयारी उपसमितिले गरेको छ।