ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए शपथ

ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए शपथ

काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्बुजालाई शपथ गराएका हुन्।

शपथ ग्रहण कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, अन्य मन्त्रीहरू तथा नेपाल सरकारका उच्च अधिकारीहरूको उपस्थिति थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते प्रधानमन्त्री ओलीको सिफारिसमा गर्बुजालाई ऊर्जा राज्यमन्त्रीमा नियुक्त गरेका थिए। यसअघि पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्त भएपछि सो पद रिक्त रहेको थियो।