

काठमाडौँ : सत्तारुढ नेपाली कांग्रेसले आगामी नीति तथा कार्यक्रम र बजेटसम्बन्धी विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ। दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा बैठक शनिबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयले दिएको जानकारीअनुसार बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट निर्माणका विषयमा विस्तृत छलफल गरिनेछ।