नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिँदै

नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा आज बिहान पद तथा गोपनीयताको शपथ लिँदै छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे उनलाई शपथ गराउने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए। यसअघि वैशाख १० गते पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरिएको थियो, जसपछि सो पद रिक्त रहेको थियो।

नेपाली कांग्रेस म्याग्दीका सभापति समेत रहेका गर्बुजा म्याग्दी क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। शपथ पछि आजै मन्त्रिपरिषद्को बैठक बस्ने कार्यक्रम समेत तय गरिएको छ।