सगरमाथा ‘माउन्ट एभरेस्ट’ होइन, नक्कली नाम हो : प्रधानमन्त्री ओली

सगरमाथा ‘माउन्ट एभरेस्ट’ होइन, नक्कली नाम हो : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई ‘माउन्ट एभरेस्ट’ भन्ने नाम नक्कली भएको दाबी गरेका छन्।

विराटनगरमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेश लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले माउन्ट एभरेस्टसँग सगरमाथाको कुनै सम्बन्ध नरहेको तर्क प्रस्तुत गरे।

“माउन्ट एभरेस्ट भनेर जसको नाममा राखिएको हो, ती ब्रिटिस नागरिकले सगरमाथा होइन, ल्होत्से अग्लो हो भनेका थिए,” प्रधानमन्त्री ओलीले भने, “उनले सगरमाथा चढेका पनि होइनन्, न पत्ता लगाएका हुन्। त्यसैले माउन्ट एभरेस्ट भन्ने नाम साँचो होइन, त्यो नक्कली हो।”

उनले सोलुखुम्बुमा अवस्थित विश्वको सर्वोच्च शिखरलाई ‘सगरमाथा’ नै भन्नुपर्नेमा जोड दिए। “सगरमाथा इज सगरमाथा,” ओलीले भने, “हामीले आफ्नो मौलिक नामलाई स्वीकार गर्नुपर्छ।”