

काठमाडौं : खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति कार्यालय शीतल निवासले गर्बुजालाई राज्यमन्त्रीको जिम्मेवारी तोकेको हो। गर्बुजा अब ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा राज्यमन्त्रीको हैसियतले कार्यभार सम्हाल्ने छन्।
म्याग्दीबाट नेपाली कांग्रेसका तर्फबाट खमबहादुर गर्बुजा (खम्बीर) निर्वाचित भएका हुन् । उनले आफ्ना प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले भन्दा तीन हजार आठ सय ३२ मत बढी ल्याएर प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।