

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन्।
सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा बुधबार दिउँसो प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरिएका चौधरीलाई डिल्लीबजार कारागार लगिएको थियो। तर, उक्त पत्र वैधानिक नठहरिएपछि सर्वोच्चले अर्को पत्र जारी गर्दै उनलाई रिहा गर्न निर्देशन दिएको हो।
प्रहरीले चौधरीलाई दिउँसो १ बजे नियन्त्रणमा लिएर कारागार पुर्याएको थियो। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार अनधिकृत पत्र प्रकरणबारे आन्तरिक छानबिन प्रक्रिया अघि बढाइएको छ।