

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमानअनुसार उपभोक्ता मूल्यमा ४.६१ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरिएको हो।
अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। यसअघि दोस्रो त्रैमासिकमा आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहेको थियो।