रेशम चौधरीको गिरफ्तारीप्रति सीके राउतको घोर भर्त्सना 

रेशम चौधरीको गिरफ्तारीप्रति सीके राउतको घोर भर्त्सना 

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको गिरफ्तारीप्रति जनमत पार्टीका अध्यक्ष सीके राउतले घोर भर्त्सना गरेका छन्।

आजै जनमत र नाउपाबीच पार्टी एकता घोषणा हुने कार्यक्रम तय गरिएको थियो। तर, चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा प्रतिष्ठानबाट प्रहरीले नियन्त्रणमा लिएपछि कार्यक्रम स्थगित गरिएको हो।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राउतले लेखेका छन्, “पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै गर्दा श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमै पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्लीबजार जेल पठाएको खबर प्राप्त भएको छ। यसको हामी घोर भर्त्सना गर्दछौं।”