नीति तथा कार्यक्रम प्रस्तुतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस

नीति तथा कार्यक्रम प्रस्तुतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएअनुसार, यही वैशाख १९ गते अपराह्न ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गरिनेछ। साथै, सरकारले सबै सांसदहरूलाई उक्त बैठकमा उपस्थित भई सहभागिता जनाउन आह्वान गरेको छ।