

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज दिउँसो ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ।
बैठकमा राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे मुख्य रूपमा छलफल हुने अपेक्षा गरिएको छ। लामो समयदेखि रिक्त रहेको गभर्नर पदमा गुणाकर भट्टलाई नियुक्त गर्ने विषयमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भए पनि औपचारिक सिफारिस प्रक्रिया अझै टुंगिएको छैन।
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइका कारण प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार विशेष छलफलसमेत भएको थियो।
सूत्रका अनुसार दुवै नेताबीच यसै साता भित्र गभर्नर नियुक्ति टुंग्याउने समझदारी भएको छ।