

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलनाको आरोपमा कारबाही माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको छ।
अधिवक्ता अनन्तराज लुईंटेलसहितले पेश गरेको निवेदनमा थापाले संवैधानिक पदाधिकारीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको कार्य प्रभावित हुने अभिव्यक्ति दिएको उल्लेख गरिएको छ। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलका अनुसार, सो निवेदनमाथि प्रारम्भिक सुनुवाइ आगामी मंगलबार हुने तय भएको छ।
थापाले केही दिनअघि “५२ संवैधानिक पदाधिकारीहरुको मुद्दामा सर्वोच्च अदालतले डिल गरिरहेको” भन्ने अभिव्यक्ति दिएका थिए, जसलाई लिएर अदालतको स्वतन्त्रता र निष्पक्षतामा आँच पुगेको दाबी गरिएको छ।