सांसद माया राईलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

सांसद माया राईलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

शनिबार साँझ पक्राउ परेकी राईलाई आइतबार अदालतमा पेश गरिएको थियो। अदालतको आदेशपछि उनलाई काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको छ।

राईमाथि सहकारी ठगी र संगठित अपराधको अभियोगमा अनुसन्धान भइरहेको छ। उनी स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा सहसचिवको जिम्मेवारीमा कार्यरत रहँदा ६९० बचतकर्ताको १ अर्ब १९ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ।

राईसहित पाँच जनालाई उन्मुक्ति दिइए पनि ३९ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। जनजाति कोटाबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेकी राई पार्टी सभापति शेरबहादुर देउवा समूहकी समानुपातिक सांसद हुन्।