निषेधित क्षेत्र तोड्न खोज्दा शिक्षक र प्रहरीबीच झडप

निषेधित क्षेत्र तोड्न खोज्दा शिक्षक र प्रहरीबीच झडप

काठमाडौं । संसद भवनतर्फ अघि बढ्न खोज्दा प्रहरीसँग ठेलमठेल भएपछि शिक्षकहरूमाथि बल प्रयोग गरिएको छ।

माइतीघरमा भेला भएर बानेश्वर हुँदै संसद भवनतर्फ जाँदै गरेका शिक्षकहरूलाई पछाडि हटाउन प्रहरीले पानीको फोहरा प्रयोग गरेको हो। यस क्रममा शिक्षकहरूले ढुंगा प्रहारसमेत गरेका थिए।

शिक्षा ऐन संशोधनको माग गर्दै शिक्षकहरूको आन्दोलन आज २६औं दिनमा पुगेको छ।