क्रिसमस इभमा प्रहरीको कडा सुरक्षा

क्रिसमस इभमा प्रहरीको कडा सुरक्षा

काठमाडौं : ‘क्रिसमस इभ’लाई लक्षित गरेर प्रहरीले राजधानीमा सुरक्षा चेक कडा बनाउने जनाएको छ। रातिको समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्या बढ्ने र झै झगडा हुने अनुमानसहित प्रहरीले जाँच कडा बनाउनको जानकारी गराएको छ।

काठमाडौंको ठमेल, दरबारमार्ग, न्युरोड लगायत स्थानमा गरी दुई हजार प्रहरी परिचालन हुने प्रहरीले जनाएको छ।