शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहीन, छलफललाई निरन्तरता दिने सहमति

शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहीन, छलफललाई निरन्तरता दिने सहमति

काठमाडौं । आज बिहान बसेको नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता भएको थियो । वार्तामा शिक्षक महासंघले आफना मागहरु मन्त्री पन्त समक्ष राख्दै आफनो अडानबाट पछि नहटने बताएपछि वार्तामा ठाेस सहमति हुन नसकेको एक शिक्षक नेताले बताए । मन्त्री पन्तले शिक्षकहरुले उठाएकाे माग सुनिसकेपछि आफूले सबै मागहरु पूरा गर्न सक्दाे काेशिस गर्ने बताए । छलफललाई निरन्तरता दिने सहमति भएको, तर अर्को वार्ताको मिति भने तय नभएको एक शिक्षक नेताले जानकारी दिए ।

शैक्षिक हड्ताल गरेर काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको २५ दिन पुगेको छ । लामो समय सार्वजनिक शिक्षा प्रभावित भएपछि सरकारले माग सम्बोधनका लागि केही तदारुकता देखाए पनि शिक्षकको अडानका कारण सहमति हुन सकेको छैन ।