दुर्घटनाग्रस्त हेलिकोप्टर थप ११ तस्विरमा हेर्नुहाेस्

दुर्घटनाग्रस्त हेलिकोप्टर थप ११ तस्विरमा हेर्नुहाेस्

नुवाकाेट, २३ भदाै । गोरखाबाट काठमाडौ आउदै गरेको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना हुदा पाईलट सहित ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते गोर्खाको चुमनुवी गाउँपालिका वडा नं. २ का आनी डोल्पा डिकीलाई हेलिकोप्टरमार्फत उपचारको लागी काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिनुभयो ।
दुर्घटनामा परी मृत्यु हुनेमा पाईलट निश्चल केसी, रामेछापका ४० वर्षीय डिल्लीबहादुर गुरुङ, दोलखाका ३७ बर्षीय हिरा शेर्पा, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, गोर्खाको चुमनुबी गाउपालिका वडा नं. १ का छोवाङ नुर्बु र जापानीज नागरिक हिरोमी कोमात्सु रहेको प्रहरीले जनाएको छ ।

गोरखाबाट काठमाडौं आइरहेको कल साइन ९ एन–ए–एल–एस को अल्टिच्युड एअरको हेलिकोप्टर नुवाकोटको म्यागङ गाउपालिका वडा नम्बर १ स्थित बर्सुन्चेतको जंगल स्थित रुखमा ठोक्किएर दुर्घटना भएको अबस्थामा अपरान्ह ३ बजे उद्धारको लागी गएको प्रहरी चौकी किम्ताङको टोलीले.भेट्टाएको थियो । गोरखाको सामागाँउबाट बिहान ७ बजेर ५० मिनेटमा काठमाडौतर्फ उडेको हेलिकोप्टर बिहान ८ बजेर पाँच मिनेटमा दुर्घटनामा परेको थियो । भौगोलिक विकटता, ठूलोवर्षा सहितको बाक्लो हुस्सु र बाक्लो जंगल क्षेत्रमा भएको दुर्घटनाको स्थान पहिचान र उद्धारको लागी कठिनाई भएको प्रहरीले जनाएको छ ।

तस्विर: धादिङका सुकराम तामाङले खिचेकाे दृश्य लगायत सामाजिक  सञ्जालबाट लिएका ११ तस्विरहरु ।