ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

काठमाडौं । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) पदबाट बर्खास्तमा परेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उनलाई पदमुक्त गरेका हुन्।

गृहमन्त्री रमेश लेखकले टेलिफोनमार्फत बर्खास्तको जानकारी गराएको स्रोतले बताएको छ। तामाङले मन्त्रीपरिषद्को निर्णयविरुद्ध पटकपटक सार्वजनिक रूपमा बोलेका थिए। विशेषगरी, बर्खास्त भएका नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा दिएका अभिव्यक्तिहरू, र उद्योगहरूको ट्रंक तथा डेडिकेटेड लाइन काटिएको विषयमा उनी आफैं संलग्न रहेको दाबीलाई लिएर उनको आलोचना हुँदै आएको थियो।

तामाङ र घिसिङ दुवै रामेछापका हुन्।