काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त भएका छन् ।
गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्रीमा नियुक्त गरेकाे हो ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार उनको शपथ भोलि गराउने तयारी छ ।
