काश्मिर आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा कडा निन्दा, भारतप्रति ऐक्यबद्धता प्रकट

काश्मिर आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा कडा निन्दा, भारतप्रति ऐक्यबद्धता प्रकट

काठमाडौँ  । जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकमाथि भएको आतङ्कवादी हमलाको नेपाल सरकारले कडा शब्दमा निन्दा गरेको छ।

परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

“नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ,” विज्ञप्तिमा उल्लेख छ, “नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ। यस्ता जघन्य कार्यहरू सर्वथा अनुचित छन्।”

भारतीय सञ्चारमाध्यमका अनुसार सो हमलामा परी २६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। मृतकमध्ये एक जना नेपाली नागरिक रहेका छन्।