शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा वैशाख २१ देखि हुने

शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा वैशाख २१ देखि हुने

काठमाडौं: शिक्षकहरूको आन्दोलनका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेदेखि हुने भएको छ।

परीक्षा पर्सि (बिहीबार) बाट सुरु गर्ने तयारी भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि परीक्षा सारिएको हो। परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले नयाँ मितिमा परीक्षा सुरु हुने जानकारी दिएका छन्।

बोर्डले परीक्षा तालिका भने भोलि (बुधबार) मात्र सार्वजनिक गर्नेछ। तालिका तय गर्न परीक्षा बोर्डको बैठक बस्ने तयारी भएको स्रोतले जनाएको छ।

यसअघि वैशाख ११ गतेबाट परीक्षा सुरु हुने तय भएको थियो, तर आन्दोलनरत शिक्षकहरूले परीक्षा सञ्चालनमा अवरोध पुर्‍याउने चेतावनी दिँदै आएका थिए।