

काठमाडौं: नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना सदस्यहरूलाई विद्यालयको चाबी लिएर २४ घण्टाभित्र काठमाडौंमा जारी आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुन निर्देशन दिएको छ।
मंगलबार परिषद्ले जारी गरेको विज्ञप्तिमा केही विद्यालय कर्मचारी विद्यार्थी भर्ना, नतिजा प्रकाशन र कक्षा १२ को परीक्षामा खटिएको जानकारी प्राप्त भएको जनाउँदै आन्दोलन कमजोर पार्न यस्तो गतिविधि नगर्न चेतावनी दिएको छ।
‘सूचना प्राप्त भएको २४ घण्टाभित्र चाबी लिई काठमाडौं केन्द्रित ऐतिहासिक आन्दोलनमा सहभागी हुन निर्देशनात्मक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै परिषद् र शिक्षक महासंघको नेतृत्वमा हाल राजधानीमा आन्दोलन जारी छ।