

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा अब संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ।
मंगलबार प्रारम्भिक सुनुवाइपछि न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले रिट संयुक्त इजलासमा पठाउने आदेश दिएको हो। अब उक्त मुद्दा संयुक्त इजलासमा पेशी तोकी सुनुवाइ हुनेछ।
लामिछाने रूपन्देहीको एक सहकारी ठगी प्रकरणमा बुटवल उच्च अदालतको आदेशअनुसार पुर्पक्षका लागि रूपन्देही कारागारमा थुनामा छन्।