शिक्षक आन्दोलनले तीनकुने–माइतीघर सडक अस्तव्यस्त, ट्राफिक प्रभावित

शिक्षक आन्दोलनले तीनकुने–माइतीघर सडक अस्तव्यस्त, ट्राफिक प्रभावित

काठमाडौं । नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण काठमाडौंको तीनकुनेदेखि माइतीघरसम्मको सडक खण्डमा यातायात पूर्ण रूपमा अस्तव्यस्त बनेको छ।

बानेश्वर–माइतीघर सडक बन्द हुँदा यसको असर आसपासका क्षेत्रको ट्राफिक व्यवस्थामा समेत परेको छ। आन्दोलनका कारण सार्वजनिक सवारी साधनलाई तीनकुनेबाट बानेश्वरतर्फ आउन रोक लगाइएको छ भने साना सवारी साधनलाई डाइभर्सन गरिएको छ, जसका कारण करिडोर क्षेत्रमा लामो जाम लागेको छ।

शिक्षकहरूले विभिन्न माग राखेर जारी राखेको आन्दोलनले दिनभर बानेश्वर–माइतीघर सडक ठप्प बनाएको ट्राफिक प्रहरीको भनाइ छ।