

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दिउँसोको प्रदर्शनलाई ध्यानमा राख्दै शिक्षकहरूले आजको आन्दोलन अकस्मात् बिहान ९ बजेदेखि सुरु गरेका छन्।
पूर्वसूचना नदिई कार्यालय समयमै सडकमा ओर्लिएकाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था प्रभावित भएको छ। माइतीघरदेखि नयाँ बानेश्वर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध हुँदा सर्वसाधारण, कर्मचारी र विद्यार्थीहरूलाई आवतजावतमा कठिनाइ भएको छ।
उपत्यका ट्राफिक प्रहरी कन्ट्रोलले वैकल्पिक मार्गका रूपमा नयाँ बानेश्वर–थापागाउँ–हनुमानस्थान रुट प्रयोग गर्न आग्रह गरेको छ।