ताप्लेजुङमा जीपमा करेन्ट लागेर आगलागी, ४ जनाको मृत्यु, २ घाइते

ताप्लेजुङमा जीपमा करेन्ट लागेर आगलागी, ४ जनाको मृत्यु, २ घाइते

ताप्लेजुङ । पाथीभरा मन्दिर दर्शनका लागि जाँदै गरेको जीपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

फुङलिङमा आज बिहान जीप बिजुलीको पोलबाट लत्रिएको तारमा ठोक्किँदा करेन्ट लागी आगो लागेको प्रहरीले जनाएको छ।

मृतकमा ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापाका ७० वर्षीय विनोद पौडेल, उनकी ६९ वर्षीया श्रीमती सरिता पौडेल र जीप चालक दुर्गा भट्टराई छन्। घाइतेमध्ये ४५ वर्षीया सबिना आचार्यको अवस्था गम्भीर छ भने उनका १० वर्षीय छोरा भविमय आचार्यको अवस्था मध्यम रहेको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले जानकारी दिए।

घाइते दुवैलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।