

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनसहित गिरफ्तार गरिएका नेताहरूको तत्काल रिहाको माग गरेको छ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आन्तरिक बैठक सकेर बिजुली बजारस्थित प्रदर्शनस्थलतर्फ जाँदै गर्दा अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रवक्ताले शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन जाँदै गर्दा गरिएको गिरफ्तारीलाई गैरलोकतान्त्रिक भन्दै तत्काल रिहाको माग गरे। साथै, नेताहरू रिहा नहुञ्जेल निरन्तर विरोध प्रदर्शन जारी राख्ने राप्रपाले चेतावनी दिएको छ।