राप्रपाको प्रदर्शनलाई ध्यानमा राख्दै शिक्षक आन्दोलन आज बिहान ९ बजेदेखि सुरू

राप्रपाको प्रदर्शनलाई ध्यानमा राख्दै शिक्षक आन्दोलन आज बिहान ९ बजेदेखि सुरू

काठमाडौं । जारी शिक्षक आन्दोलन आज बिहान ९ बजेदेखि नै सुरू हुने भएको छ। राप्रपाले आयोजना गरेको प्रदर्शनलाई ध्यानमा राख्दै नेपाल शिक्षक महासंघले आजको आन्दोलन समय अगाडि सारेको हो।

महासंघले आन्दोलनमा सहभागी शिक्षकहरूलाई बिहान ९ बजेसम्म उपस्थित भइसक्न र १२ बजेअघि प्रदर्शन स्थल छोड्न आह्वान गरेको छ।

अन्य दिनहरूमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म माइतीघर मण्डला–नयाँ बानेश्वर सडकखण्ड अवरुद्ध हुने गरे पनि आज बिहानैदेखि सो क्षेत्र प्रभावित हुने भएकाले कार्यालय समयको ट्राफिक व्यवस्थापनमा असर पर्ने देखिएको छ।