संक्रमणकालीन न्यायका विषयमा बालुवाटारमा शीर्ष तीन दलबीच छलफल

संक्रमणकालीन न्यायका विषयमा बालुवाटारमा शीर्ष तीन दलबीच छलफल

काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी विषयमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तीन राजनीतिक दलबीच छलफल भएको छ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी छन् ।