

-ज्योतिषवाणी-
मेष राशिः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अाज काममा फल प्राप्त हुनेछ । अर्थ लाभकाे समय छ । यात्रा संयाेग देखिन्छ ।
वृष राशिः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च हुने याेग छ । मान हानि हुन सक्न हुँदा सजग रहनुहाेला । काममा कठिनाइ रहनेछ ।
मिथुन राशिः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साथीहरुकाे सहयाेग प्राप्त हुनेछ । व्यापार व्यवसाय बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ ।
कर्कट राशिः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सम्पत्ति वृद्धि, धन लाभ हुने समय छ । सामाजिक मान प्रतिष्ठा मिल्नेछ ।
सिंह राशिः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिठा परिकार भाेजनकाे समय छ । घरायसी सुखका साथै काममा प्रगती हुने याेग छ ।
कन्या राशिः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खर्च बढ्ला, मान हानिका साथै काममा बाधा अवरोध रहन सक्ने हुँदा सजग रहनुहाेला ।
तुला राशिः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सिर्जनशिलता प्राप्ति हुने समय छ । साथीसंगी सुखका साथै रमाईलाे सुखद् यात्राको योग देखिन्छ ।
वृश्चिक राशिः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अार्थिक लाभकाे समय छ । ज्ञान विद्या प्राप्तिका साथै व्यापार व्यावसायमा वृद्धि हुनेछ ।
धनु राशिः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साथीसंगीकाे सहयाेग प्राप्त हुने याेग छ । व्यापार व्यावसाय बढ्नुका साथै धार्मिक काममा रुचि जाग्नेछ ।
मकर राशिः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सम्पत्ति वृद्धि हुने याेग छ । काममा लाभका साथै पारिवारिक सुख मिल्नेछ । दिन रमाईलाे गरि बित्नेछ ।
कुम्भ राशिः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काममा लाभ प्राप्त हाेला । साथीसंगीकाे सहयाेग प्राप्त हुनुकासाथै पारिवारिक सुख मिल्नेछ ।
मीन राशिः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कान्ति क्षयकाे समय भएकाेले सजग रहनुहाेला । अर्थ प्राप्तीकाे याेग छ । नयाँ खाेज र अध्ययनमा रुचि जाग्नेछ ।